Thursday, 23 February, 2012    
The APSS is going to re-design this web site, you may face difficulties to find information.                           Events    |     Gallery    |    Contact Us   
. National News Coverage on APSS Activities
Home
Partnership & Collaboration
 
  Highlight  
 
APSS Recommendation to Constituent Assembly Members (in Nepali)
 
  Know more about APSS  
 

APSS Info Flyer (in English)

 

Download Brief Progress Report (in English)

 
शान्ति प्रक्रियासामु चर्को चुनौती
कान्तिपुर राष्ट्रिय दैनिक, २०६७ माघ ७

काठमाडौ, माघ ६ - विश्लेषक र राजनीतिज्ञहरूले दलहरूबीच बढेको असमझदारीका कारण चरम अविश्वास स्थिति उत्पन्न हु“दा शान्ति स्थापना, संविधानका साथै सरकार निर्माणमा समस्या देखिएको धारणा राखेका छन् । 'राजनीतिशास्त्र विद्यार्थी संघ'ले राजधानीमा गरेको 'शान्ति र संविधानः चुनौती र सम्भावना' सम्बन्धी अन्तक्रिर्यामा विश्लेषक र राजनीतिज्ञहरूले दलहरूबीच बढेको असमझदारी र अविश्वासका कारण सम्पुर्ण उपलब्धि नै विफल हुन सक्ने चेतावनी दिए ।

कार्यक्रममा माओवादी नेता वर्षान पुनले आर्थिक, सामाजिक र राजनीतिक हिसाबले रूपान्तरण गर्न सकिए मात्रै द्वन्द्व समाधान हुने टिप्पणी गर्दै ती क्षेत्रका विषयमा सम्झौता गर्न सके संविधान बन्ने धारणा राखे ।

कांग्रेस नेता रामशरण महतले दलीय मुद्दालाई संविधानमा राख्न खोजिए समस्या जटिल बन्न सक्ने भन्दै ५/६ वटाभन्दा बढी प्रदेश बनाइए जातीय युद्धका साथै भेदभावको स्थिति सिर्जना हुने धारणा राखे । एमाले महासचिव इश्वर पोख्रेलले सबै दलमा अतिवादीहरू सल्बलाउन थालेको उल्लेख गर्दै तिनलाई नियन्त्रण गरे र सहमतिका साथ अगाडि बढ्नुपर्ने बताए ।

कार्यक्रममा कान्तिपुरका सम्पादक सुधीर शर्माले पेस गरेको अवधारणापत्रमाथि टिप्पणी गर्दै कानुनविद् भीमार्जुन आचार्य र पत्रकार कनकमणि दीक्षितले आफ्ना धारणा राखेका थिए ।

Click here to view on Kantipur National Daily

 
   Home | FAQ | Feedback | Contact Us
   

Copyright © Association of Political Science Students. All Rights Reserved.   Webmaster: Prakash Prasain